ghar sansar

सुदूरपश्चिमका नव नियुक्ति मुख्यमन्त्रीले अपरान्ह लिँदै छन् शपथ

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले अपरान्ह पद तथा गोपनियताको सपथ लिएर सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले आज ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ लिने भएका हुन् ।

,orning glory badhai

प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ लिनेछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम आज ४ बजे गर्ने भनिएपनी ठ्याक्कै समय भने निर्धारण हुन बाँकी रहेको छ। नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

dirghayi clinic

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए। उनले राजीनामा बुझाएलगत्तै शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यकाअनुसार मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री समेत नियुक्त गर्दैछन्। शाहले नेपाली कांग्रेसबाट एक जना र नेकपा (एकीकृत समाजवादी) बाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्नेगरी छलफल भइरहेको बताइएको छ। तर शुक्रबार को–को मन्त्री बन्दैछन्? भन्ने कुराको भने टुंगो लाग्न बाँकी छ ।

स्रोतकाअनुसार कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री बन्ने सम्भावना छ।

कांग्रेसमा मानबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा पनि आफूलाई शुक्रबार मन्त्री नियुक्त गर्नुपर्ने लबिङमा रहेका छन्। उनीहरुबारे केन्द्रका नेताहरुसँग छलफल भइरहेको पनि बताइएको छ।

Himal dental
सम्बन्धित
Loading...