ghar sansar

देउवाका भतिजा सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार मन्त्री

khasi

महेन्द्रनगर । सुदूरपश्चिममा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा भौतिक पूर्वाधार मन्त्री र नेकपा समाजवादीका नरेश बहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन्।  काँग्रेसका देउवा काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका भतिजा हुन् ।

dirghayi clinic

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Anant bahu travels

बिहीबार एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि ठूलो दलको नेताको हैसियतले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनले अबको १ महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुख सहित), एमालेका १० (उप सभामुख सहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।

Himal dental
सम्बन्धित
Loading...