
महेन्द्रनगर । युएनडिपी नेपालको सहयोग तथा पुर्नबास नगरपालिका र स्वीट नेपालको सहकार्यमा पुर्नबास नगरपालिका केही वडामा किसानका समूहलाई कृषि औजार सहयोग गरेको छ ।
युएनडिपी नेपाल सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती सिह गिरी,पुर्नबास नगरपालिका नगरप्रमुख तोया प्रसाद शर्मा,उप प्रमुख भुलिया राना तथा स्वीट नेपालका व्यवस्थापक अमित सुनारले सयुक्त रुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा पुर्नवास नगरपालिका वडा नं. १ र २ का अदुवा खेती र हल्दी खेती गर्ने ४९ जना किसानहरुको समुहलाई मसला प्रसोधन मेसिन २ वटा दिईयो भने वडा न ७ मा च्याउ खेती गरिरहेका ३१ जना किसानहरुको समूहलाई च्याउ उत्पादन गर्ने मेसिन बल बनाउने मसिन,पराल काटने मसिन,पराल उमाल्ने मसिन सहितका सहयोग औजार सहयोग गरेका छन् ।
यसबाट किसानहरुले उत्पादन गरेका चिजबस्तुहरुको प्रशोधन लगायतमा सहयोगी हुने र कामदार लगायत लागतमा कमी आउने जानकारी स्वीट नेपालका जेटिए दिपक खनालले बताए ।
त्यसैगरी युएनडिपी नेपालले पुर्नवासमा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा एक्सरे प्रिन्ट,टेबुल एक्सरे फिल्म २ थान लगायत समेत सहयोग गरेको छ जसले गर्दा स्वास्थ चौकीमा एक्सरे लगायत सेवा सुविधा दिन सकिने जानकारी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताए ।
युएनडिपी नेपालले पुर्नबास नगरपालिकामा स्वीट नेपालको साझेदारीमा बिगत एक वर्षदेखि आर्यआर्जनको क्षेत्रमा काम गर्दे आईरहेको छ ।
पुर्नबास नगरपालिकाको ६ वटा वडामा रहेको रोजगारी गुमाई नेपालमै बसिरहेका, महिला,दलित,जनजाती,एकल महिला,अपागता भएका ब्यक्ति लगायत अती बिपन्न समुदायका लागी काम गर्दे आईरहेको छ ।
