

महेन्द्रनगर । प्रहरीले कृष्णपुरबाट भन्सार छलेर ल्याएको समान बरामद गरेको छ । कृष्णपुर नगरपालिका ७ वालुवा नाला नजिकबाट माछा बरामद गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालय धनगढीको क्षेत्रीय अनुसन्धान टीम र इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले माछा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुस्करराज पन्तका अनुसार एक क्विन्टल माछा बरामद गरिएको छ । ती माछा कृष्णपुर ७ का करन रानाले ल्याउने क्रममा बरामद गरिएको हो ।
प्रहरीले माछा बोक्न प्रयोग गरिएको मोटरसाइकल सहित माछा कैलालीको त्रिनगर भन्सार कार्यालय पठाईएको छ ।
