ghar sansar

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता, केही दिनमै निर्णय गरिने

dirghayu ad

महेन्द्रनगर । कैलालीको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमका संघीय सांसद र नेताहरुसमक्ष प्रधानमन्त्री दाहालले आइतबार यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन यहाँका सांसदहरु एकतावद्ध छन्। प्रधानमन्त्री दाहालले यस कुरामा थप प्रतिबद्धता जनाएपछि उनीहरु खुसी भएका छन् ।

ratnam malkhad

प्रधानमन्त्री दाहालले भोलि गेटा मेडिकल कलेजको अनुगमन, निरीक्षण गर्ने छन्। दाहालको भ्रमणको पूर्व सन्ध्यामा यहाँका सांसद र शीर्ष नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

‘आउदो क्याबिनेट बैठकबाट यसबारे निर्णय गछौँ, सरकारको ठूलो लगानी खेर जान दिदैनौँ,’ प्रधानमन्त्री दाहालले छलफलमा भनेका कुरा उद्धृत गर्दै कञ्चनपुर–३ का निर्वतमान सांसद तथा यस अभियानका नेतृत्वकर्ता डा. दीपकप्रकाश भट्टले भने, ‘यो निर्णयको हामी सबैले स्वागत गछौँ र चाडो कार्यान्वयन हुनेमा विश्वस्त छौँ ।’

प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने अभियानमा डा. भट्ट लामो समयदेखि सक्रिय छन्। उनकै सक्रियतामा आजको छलफल भएको थियो ।

यस अघि गैर सरकारी संघ, संस्थाहरु, नागरिक समाजका अगुवा, सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुसँग अन्र्तक्रिया र निरन्तर छलफलमा थिए । सांसद हुदा उनले संसदमा यो मुद्दालाई पहिलो पटक उठाएका थिए । गेटालाई देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने उनको जोड छ ।

केही समयअघि सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई यो अभियानमा गोलबद्ध गरेका थिए । सांसदहरु पनि गेटालाई विश्वविद्यालय बनाउनुपर्नेमा सहमत भएका छन् ।

आज संघीय राजधानी काठमाडौँमा भएको छलफलमा प्रधानमन्त्री दाहाल गेटालाई देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सकारात्मक भएपछि सांसदहरु उत्साहित छन् । सरकारले गेटामा ५ अर्ब बढी लगानी गरेर भौतिक संरचनाहरुको निर्माण गरिसकेको छ ।

आजको छलफलमा सांसदसँगै एमालेका नेता भीम रावल, नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पूर्व मन्त्री तथा सांसद दिलेन्द्र बडू, एनपी साउद, तारा लामा तामाङ, सरकारका मुख्य सचिव, स्वास्थ्य सचिव र शिक्षा सचिव लगायत सहभागीभएका छन् ।

Himal dental
सम्बन्धित
Loading...