महेन्द्रनगर । खुला मञ्चमा सोमबार व्यापार मेला सञ्चालन हुने भएको छ । कञ्चनपुर उद्योग वार्णिज्य संघले १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु हुने भएको हो ।
उद्योग वाणिज्य संघ कञ्चनपुरले मेलाको तयारी पूरा भएको बताएको छ। सोमवार प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेला उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री सोमबार नै काठमाडौंबाट आउने भएका छन् । बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले खुला मञ्चमा सबै तयारी पूरा गरिएको बताए ।
फागुन १ देखि १० गते सम्म महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालन हुने छ । महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलका तस्बिरहरु, कला संस्कृतिको प्रदर्शनीका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ। महोत्सवका लागि महेन्द्रनगरको खुलामञ्च सिँगारिएको छ ।