ghar sansar

खुला मञ्चमा भोलिदेखि मेला सञ्चालन, प्रधानमन्त्रीले उद्घाटन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । खुला मञ्चमा सोमबार व्यापार मेला सञ्चालन हुने भएको छ । कञ्चनपुर उद्योग वार्णिज्य संघले १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु हुने भएको हो ।

dirghayi clinic

उद्योग वाणिज्य संघ कञ्चनपुरले मेलाको तयारी पूरा भएको बताएको छ। सोमवार प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ।

,orning glory badhai

प्रधानमन्त्री पुष्पकमल दाहालले मेला उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री सोमबार नै काठमाडौंबाट आउने भएका छन् । बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले खुला मञ्चमा सबै तयारी पूरा गरिएको बताए ।

फागुन १ देखि १० गते सम्म महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालन हुने छ । महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलका तस्बिरहरु, कला संस्कृतिको प्रदर्शनीका साथै राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ। महोत्सवका लागि महेन्द्रनगरको खुलामञ्च सिँगारिएको छ ।

Himal dental
सम्बन्धित
Loading...