ghar sansar

भीमदत्तका उप मेयर जोशी र वडा अध्यक्ष देवकोटाबीच राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन कार्यक्रममै जुहारी

dirghayu ad

महेन्द्रनगर । कबर्ड हलमा सुरु भीमदत्त नगरपालिका स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता उद्घाटन कार्यक्रममा उप मेयर निलम लेखक जोशी र वडा अध्यक्ष रविन्द्र देबकोटाबीच जुहारी चलेको छ । उप मेयर जोशीले अघिल्लो कार्यकालको दायित्वका कारण केही काम गर्न नसकेको धारणा राखेपछि वडा अध्यक्ष देवकोटाले आम्दानी बढाउन वेवास्ता गरिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

वडा अध्यक्ष देवकोटा भन्दा पहिला मन्तव्य राखेकी उप मेयर जोशीले नगरपालिका ऋण भएकाले केही काम गर्न नसकेको बताएकी थिइन् । ऋण तिर्न समस्या भएको उनको भनाई थियो । भीमदत्त नगरपालिकाका नयाँ जनप्रतिनिधिले अघिल्लो कार्यकालको दायित्वलाई ऋण भन्दै आएका छन् ।

ratnam malkhad

उप मेयर जोशीपछि बोलेका अध्यक्ष देवकोटाले भीमदत्तले अघिल्लो कार्यकालको दायित्वलाई ऋण भन्दै अशुल गर्नु पर्ने आम्दानीलाई वेवास्ता गरिएकोमा असन्तुष्टि पोखे । उनले नगरपालिका नेतृत्व अशुलीका लागि गैर जिम्मेवार भएर अघि बढेको आरोप समेत लगाए ।

‘यस्ता कार्यक्रममा भाषण मात्रै हुन्छन्, ऋण छ भनेर कराएर त केही हुँदैन, अशुल गर्नु पर्ने रकम अशुली गर्न गर्न कानमा तेल हालेर त हुँदैन होला’ वडा अध्यक्ष देवकोटाले भने ।

भीमदत्त नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरपालिका क्षेत्रका ४१ विद्यालयले भाग लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकले प्रतियोगिता उद्घाटन गरे ।

कार्यक्रममा भीमदत्तका मेयर पदम बोगटीले नगर स्तरिय प्रतियोगिताबाट छनौट भई जिल्ला, प्रदेश र संघसम्म प्रतिस्पधा गर्ने गरी तयारी गर्न आव्हान गरे । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...