ghar sansar

दोधारा चाँदनीमा तीन वर्षभित्रै सुख्खा बन्दरगाह बन्ने प्रधानमन्त्री दाहालको दावी, भन्छन्–भारतसंग एमओयू हुन्छ, कानूनी अड्चन र वाधा हटाएर चाँडो काम सक्छौ

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि भारतसित छिट्टै सम्झौता गरिने बताएका छन् ।

खला मञ्चमा १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनमा उनले आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच सम्झौता(एमओयु) हुने बताएका हुन् ।

,orning glory badhai

मञ्च आउन अघि प्रधानमन्त्री दाहालले दोधारा चाँदनी–१ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर सो स्थलको निरीक्षण गरेका थिए ।

dirghayi clinic

सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए। ‘आसन्न भारत भ्रमणका क्रममा सुख्खा बन्दरगाहलाई बिशेष प्राथमिकता दिन्छौं, भारतसंग एमओयू हुन्छ,’ उनले भने, ‘यसका कानूनी लगायतका बाधा अड्चन हटाएर चाडो काम सक्ने गरेर काम गर्छुँ।’

उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए। ‘सुख्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ उनले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’

उनका अनुसार सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याकन सकिएको छ। सुख्खा बन्दरगाहलाई त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा हेरिएको उनले बताए । यसलाई मैलेँ त्रिदेशीय साझेदारी रणनीति भन्ने गरेको छुँ, भारत र चिनको विकासको लाभ लिने उपायको खोजीमा छौं,’ उनले भने, ‘यसले त्यसलाई अगाडि बढाउन योगदान गर्ने छ।’

सुख्खा बन्दरगाहले सुदूरपश्चिमको मात्र नभएर राष्ट्रकै विकासमा योगदान पु–याउने उनले बताए।

Himal dental
सम्बन्धित
Loading...