ghar sansar

दोधारा चाँदनीमा गुडिया बनाउने तालिम सकियो, सिकेको सीप व्यवहार उतार्न वडा अध्यक्ष रावलको आग्रह

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी वडा नं २ मा सञ्चालन गरिएको एक हप्ते गुडिया बनाउने तालिम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी भएका छन् ।

dirghayi clinic

वडा अध्यक्ष पदम सिह रावलको अध्यक्षतामा कार्यक्रम गरी समापन गरिएको छ । कार्यक्रममा वडा सदस्य मनकला खनाल पुजारा, कमान सिंह धामी, महाबिर सिंह धामी, वडा कार्यालय सचिव नरेन्द्र साँउद, तालिमका प्रशिक्षक छाया देबि चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम शाखाका जयन्ती भट्ट लगायत सहभागी भएका छन् ।

,orning glory badhai

वडा अध्यक्ष रावलले तालिमबाट सीप सिकेर महिलाहरुलाई आर्थिक रुपमा शसक्त हुने सहयोग पुग्ने आशा राखेको उल्लेख गरे ।

तालिमा सिकेको सीप व्यवहारमा उतारेर तालिमको सही प्रयोग गर्न अध्यक्ष रावलले सहभागीलाई आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...