ghar sansar

लिटिल स्टारले मनायो १६ औं वार्षिकोत्सव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित लिटिल स्टार पब्लिक स्कुलले १६ औं वार्षिकोत्स मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुती, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिएका छन् ।

स्कुलका संस्थापक शमरजङ्ग बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा शारदा विद्यापिठका प्राचार्य भोजराज जोशी, श्याम सुन्दर ढकाल, डा. मुकुन्द कलौनी, डा. भुपेन्द्र विष्ट, हरिशचन्द्र भट्ट, रमेश पन्त मितबन्धु लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् ।

dirghayi clinic

विद्यालयका शिक्षक कविराज भट्टले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक मोहन बहादुर चन्दले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा विद्यालयका संस्थापक चन्दले विद्यालयले आधुनिक, अनुशासित र बालबालिकाका उन्नत भविष्य बनाउन लक्ष्य राखेर पठनपाठन गर्र्दै आएको बताए ।

नर्सदेखि कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा ५ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

Himal dental
सम्बन्धित
Loading...