
महेन्द्रनगर । श्री समाज कल्याण अञ्चल बाल अनाथालयका संस्थापक मदन बहादुर चन्दको निधन भएको छ ।
केही महिनादेखि अस्वस्थ चन्दको भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित मधुवनमा आफ्नै निवासमा बुधबार निधन भएको छ ।

चन्दले २०४९ मा बाल अनाथलय खोलेर लामो समयसम्म नेतृत्व दिएका थिए । चन्द काँग्रेसका स्वतन्त्रता सेनानीको रुपमा पनि परिचित छन् ।
बिहीबार विहान ११ बजे महाकाली नदीमा हिन्दू परम्परा अनुसार चन्दको अन्त्येष्टि हुने छ ।
