भीमदत्तको नयाँ नेतृत्व साडी, ब्लाउज र पेटीकोट खरिद गरी बदमासीमा लाग्यो : वडा अध्यक्ष देवकोटा

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ का अध्यक्ष रविन्द्र देवकोटाले नगरको निर्वाचित नयाँ नेतृत्व अघिल्लो कार्यकालका योजनालाई कटौती गरी अघि बढेको बताएका छन् ।

एमाले पार्टी कार्यालयमा जनप्रतिनिधिसित छलफल कार्यक्रममा उनले नगरको नयाँ नेतृत्व पेटीकोट, ब्लाउज, कोट खरिद गरी बदमासी गर्दै अघि बढेको उल्लेख गरे ।

janjyoti campus

‘भीमदत्तमा नयाँ नेतृत्वकर्ताहरूले पेटीकोट, ब्लाउज, कोट खरिद गरी बदमासी सुरु गरे । विगतको नेतृत्वले लिएका रचनात्मक योजनाहरूलाई अगाडि बढाउन सकेनन्,’ उनले भने, ‘इको पार्क निर्माण योजना, फोहर व्यवस्थापन केन्द्रलगायतका कामहरुलाई अगाडी बढाइएको छैन् । ’

अघिल्लो नेतृत्वले सुरुवात गरेका योजनाहरुमा पनि ढिलासुस्ती भइरहेको उनको भनाई छ । ‘महाकाली नदीको इआइई गर्न सकेको छैन्, बसपार्कको ठेक्का लगाउन सकेका छैनन्,’ उनले भने, ‘भीमदत्तका नेतृत्वकर्ताहरु अघिल्लो नेतृत्वले ऋण बढाएको भन्दै काम गरिरहेका छैनन् ।’

ghar sansar
सम्बन्धित
Loading...