ghar sansar

भीमदत्तका नगर प्रहरीको प्रतिकारमा उत्रिए ठेला व्यवसायी, तराजु लगायतका समान जबरजस्ती लैजान खोजिएपछि प्रतिकार

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नगर प्रहरीले ठेला व्यवसायीलाई अनावश्यक दुःख दिन थालेपछि प्रतिकार हुन थालेको छ ।

शुक्रबार महेन्द्रनगर बजारमा एक नगर प्रहरीले ठेला व्यवसायीको तराजु सहितका समान जबरजस्ती लैजान खोजेपछि प्रतिकार गरिएको छ ।

भारतीय मूलका ती व्यवसायीले ठेला जफत गर्न आएका नगर प्रहरीलाई हातपात गरी फर्काई दिएका छन् । नगर प्रहरीले अनावश्यक रुपमा दुख दिने गरेपछि ठेला व्यवसायी आक्रोशित छन् ।

नगर प्रहरीमाथि हातापत गरिएपछि नगरपालिकाले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।

Himal dental
सम्बन्धित
Loading...