महेन्द्रनगर । खुला मञ्चमा जारी १४ सुदूरपश्चिम स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवलाई आइतबारसम्म ८० हजारले अवलोकन गरेका छन् । महोत्सवका छैठौं र सातौ दिन सबैभन्दा बढी ५० हजारले महोत्सव
अवलोकन गरेका छन् ।
संघका कार्य समिति सदस्य प्रदिप पालले आइतबारसम्म ८० हजार जनाले मेला अवालेकन गरेको बताए । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ८० रुपैँया टिकट तोकिएको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्यम, व्यापार, पर्यटन लगायतका आर्थिक क्षेत्रका विकासका लागि टेवा पुगाउन महोत्सव आयोजना गरिएको छ ।
फागुन १ गते प्रधानकमन्त्री पुष्पकमल दाहालले मेला उद्घाटन गरेका थिए । कञ्चनपुर उद्योग बाणिज्य संघले २०५८ देखि महोत्सव आयोजना गर्दै आएको छ ।