ghar sansar

पूर्ववर्ती प्रदेश सरकारलाई भ्रष्टाचारमा मुछ्दै भौतिक पूर्वाधार विकास मन्त्री देउवाले भने– टुक्रे योजना बनाएर यस अघि जसरी भ्रष्टाचार गर्दैनौ

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नै पार्टी सहभागी पूर्ववर्ती सरकारले जसरी भ्रष्टाचार नगर्ने घोषणा गरेका छन् । उनले पूर्ववर्ती सरकारले टुक्रे योजना बनाएर भ्रष्टाचार गरेको उल्लेख गर्दै यस पटक त्यस्ता योजना ल्याएर भ्रष्टाचार नगर्ने बताएका हुन् ।

‘यस अघि टुक्रे योजना ल्याएर भ्रष्टाचार गरिएको छ, यस पटक म त्यस्तो गर्दैन’ कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सव समापन कार्यक्रममा उनले भने,‘अब त्यस्ता टुक्रे योजना ल्याएर भ्रष्टाचार गरिदैँन ।’

,orning glory badhai
dirghayi clinic

माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको पूर्ववर्ती सरकारमा काँग्रेसले दुई मन्त्रालय लिएको थियो । भट्ट नेतृत्व सरकारका आर्थिक मामिला मन्त्री एकीकृत समाजवादीका नेता प्रकाश रावलसंगै बसेका उनले पूर्ववर्ती सरकारलाई भ्रष्टाचारमा मुछेका छन् । समाजवादीका दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

अहिले काँग्रेस र एकीकृत समाजवादीले सरकार चलाएका छन् । समाजवादीका नरेश शाही आन्तरिक मामिला मन्त्री छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूल दलको हैसियतमा काँग्रेसले सरकार बनाएको छ । काँग्रेस नेतृत्वको सरकारले पनि विश्वासको मत पाउनेमा आशंका छ ।

Himal dental
सम्बन्धित
Loading...