
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको भीमदत्त नगर अध्यक्षमा अम्बादत्त जोशी चयन भएका छन । महेन्द्रनगरमा शनिबार सम्पन्न नगर भेलाबाट जोशी अध्यक्ष भएका छन् ।
नगर समितिको उपाध्यक्षमा हजारी सिह पुजारा, कोषाध्यक्ष यज्ञराज जोशी र सचिव रामदत्त भट्ट, चयन भएका छन् ।
नगर समिति सदस्यमा गजेन्द्र चन्द, पार्वती भट्ट, लक्ष्मी कोली, केशव दत्त जोशी, प्रमानन्द जोशी, बन्दना नाथ, गोबिन्द बल्लव पन्त छन् ।
उद्योग बाणिज्य संघमा गरिएको कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाई, सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महता, जिल्ला अध्यक्ष पदम विष्ट लगायतका नेताहरु सहभागी भएका छन् ।
