ghar sansar

सशस्त्र प्रहरी हप्ता दिनमै फेरि समात्यो ८ लाख बढीको अवैध समान

daimond public

महेन्द्रनगर । सशस्त्र प्रहरीले एक सातामा ८ लाख बढी अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरीको झलारी वन समितिस्थित शैलेश्वरी गणका अनुसार फागुन ७ देखि ११ गतेसम्म ८ लाख ७ हजार २ सय रुपैँयाको समान बरामद गरी भन्सार पठाइएको छ ।

बरामद समानमा हार्ड वेयरका समान, कुखुरा, अण्डा,माछा, फलफूल र सूर्तीजन्य पदार्थ लगायतका छन् । शैलेश्वरी गणमा नयाँ गणपति प्रहरी उपरीक्षक प्रेम रावल आएपछि उनले तस्करी नियन्त्रणका लागि सक्रियता देखाएका छन् । गणलेश साप्ताहिक रुपमा बरामद समानको विवरण सार्वजनिक गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...