ghar sansar

कोक्यापको सुदूरपश्चिम प्रदेश अध्यक्षमा अमिर तिरुवा चयन

khasi

महेन्द्रनगर । शान्तिका लागि साझा अभियान(कोक्याप) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा अधिकारकर्मी अमिर तिरुवा चयन भएका छन् । कोक्यापको काठमाडौमा सम्पन्न १९ औ साधारण सभा तथा नवौं अधिवेशनबाट उनी प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

स्वीट नेपालका अध्यक्ष तिरुवा यस अघि कोक्यापका केन्द्रीय सदस्य थिए । कोक्यापसमा सुदूरपश्चिमबाट स्वीट नेपाल सहित नारी उत्थान केन्द्र, मित्र संघ, राष्ट्रिय दलित नेटवर्क, हुराडस, ग्रामीण सुधार मञ्च प्रतिनिधि संस्था छन् ।

Anant bahu travels
dirghayi clinic

उनले प्रदेश अध्यक्ष भएपछि स्वीट नेपालका संस्थापक अध्यक्ष कृष्ण सिह देउपा, आरडिएका मोहन ओड, नारी उत्थानका बिष्ना भट्ट, मित्र संघ बैतडीका बासु भट्ट,हुराडस कैलाली,सिसिएसडि धनगढी, ग्रामीण सुधार मञ्च डडेल्धुराका अध्यक्ष लगायतलाई सहयोगका लागि धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिका १३ का तिरुवा लामो समयदेखि सामाजिक न्याय, शान्ति, सुशासन, पैरवीको क्षेत्रमा कार्यरत छन् ।

Himal dental
सम्बन्धित
Loading...