अनुसन्धानका कर्मचारीको शंकास्पद मृत्युमा वनभोजमा सहभागी चालक सहित सबै प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । जीवनका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

शनिबार वनभोज खान दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए ।

janjyoti campus

जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री,श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल ,दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यान सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

मृतक बुडालको शव पोष्टमार्टम गरिए पनि अस्पतालमै रहेको छ। बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न नमानेका हुन् ।

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट वनभोज जाने भन्दै ११ जना साथीसँग म १ ज २२२ नम्बरको जिपमा चौलानी किनार गएका थिए ।

ghar sansar
सम्बन्धित
Loading...