ghar sansar

शुक्लाफाँटामा अपाङगता भएका व्यक्तिको आर्थिक अवस्था सुधार्न बाख्रा वितरण

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका कृषक समुहमा आवद्ध अपाङगता भएका व्यक्तिहरुलाई बिहीवार बाख्रा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको वार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्लाफाँटा अपाङगता कृषक समुहमा आवद्ध १५ जनालाई ३० वटा बाख्रा वितरण गरिएको हो । एक जनालाई दुई वटाका दरले बाख्रा वितरण गरिएको छ । विज्ञ केन्द्रको चार लाख बजेटमा बाख्रा वितरणको कार्य गरिएको छ ।

Anant bahu travels

नगरपालिकाको वडा नं १० का वडा अध्यक्ष लाल बहादुर ऐर र विज्ञ केन्द्रका प्राविधिक अधिकृत दिर्धकुमार स्वाँरले संयुक्त रुपमा बाख्रा वितरण गर्नु भएको छ । बाख्रा वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष ऐरले बाख्रा पाएका व्यक्तिहरुको आर्थिक अबस्थामा सुधार आउने बताए ।

जीवन जीउने माध्यम बाख्रापालनको कार्य हुने उनले बताए । विज्ञ केन्द्रका प्राविधिक अधिकृत स्वाँरले बाख्रापालनको कार्यलाई व्यवसायिक बनाई समाजमा अपाङता भएका व्यक्तिहरुले पनि व्यवसाय गर्न सक्षम छन भनेर देखाउनु पर्ने बताए ।

dirghayi clinic

दुई बाख्राबाट एक वर्षमा दश बाख्रा पालेको हेर्न पाउने गरी नमूनको कार्य गर्नु पर्ने उनले बताए । स्थानिय तहबाट विनियोजन हुने बजेटमा अपाङता भएका व्यक्तिहरुलाई समेटनु पर्छ उनले भने, अपाङता भएका व्यक्तिहरुको आयआर्जन, क्षमता अभिबृद्धि र स्वरोजगार कार्यक्रमका लागि नगरपालिको बजेटको व्यवस्था गर्नु पर्छ । कृषि व्यवसायलाई चलायमान बनाउनका लागि कृषि क्षेत्रको अहं भूमिका रहने उनले बताए ।

शुक्लाफाँटा कृषक समुहका अध्यक्ष हरिदत्त भट्टले बाख्रा खरिद समिति गठन गरी बाख्रा खरिद गरि वितरण गरिएको कार्यक्रममा जानकारी दिए । नगर प्रमुखले कार्यक्रम सञ्चालनका लागि म्याचिङफण्डबाट साझेदारी गरिने अश्वासन दिएर वेवास्ता गरेको उनले बताए ।

अधिकारको लडाई लडनका लागि अपाङगता भएका व्यक्तिहरुले अगाडी बढनु पर्ने उनको भनाई छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पानसिंह ठगुन्नाले अपाङता भएका व्यक्तिहरुलाई अनुदानमा बाख्रा उपलव्ध गराई आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यस कार्यले अपाङता भएका व्यक्तिहरुको समाजमा हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउन मद्दत पुग्ने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष लाल बहादुर ऐर, बिशिष्ट अतिथि विज्ञ केन्द्रका प्राविधिक अधिकृत दिर्धकुमार स्वाँर, अतिथिमा स्वालम्बी अपाङता कृषक समुह भीमदत्तका कोषाध्यक्ष घनश्याम ओझा, बेदकोट अपाङता कृषक समुहका कोषाध्यक्ष प्रेम बोहरा लगायत सहभागी भउका छन् । कार्यक्रमको सञ्चालन कालिप्रसाद चौधरीले गरेका थिए ।

      

Himal dental
सम्बन्धित
Loading...