ghar sansar

एमालेको ग्रास रुट अभियानका प्रतिनिधि देखेर कार्यकर्ता छक्क, भाषण सुनेर वाक्क दिक्क

khasi

महेन्द्रनगर । नेकपा (एमाले) को ग्रास रुट अभियानमा स्थानीय कार्यकर्तालाई प्रशिक्षण दिन खटिएका प्रतिनिधिका भाषण सुनेर स्थानीय कार्यकर्ता नैराश्यता पोख्न थालेका छन् । पार्टी र संगठन निर्माणमा कुनै भूमिका नभएका नेताका प्रशिक्षणले उनीहरु वाक्क दिक्क भएका छन् ।

कञ्चनपुरमा एमालेको ग्रास रुट अभियानका लागि ३ सय ८३ प्रतिनिधि खटिएका छन् । त्यसमा केन्द्रीय कमिटीका ५, प्रदेश कमिटीका ७० र जिल्ला कमिटीका ३ सय २ जना प्रतिनिधि छन् ।

Anant bahu travels

उनीहरुमध्ये झण्डै आधा एमाले कार्यकर्ताका लागि नयाँ अनुहार छन् । प्रशिक्षण दिने नयाँ अनुहारका नेताका कारण एमालेको सिद्धान्त मानेर पार्टीमा आवद्ध कार्यकर्ता कार्यकर्ता हैरान भएका छन् ।

‘यत्रो वर्ष एमाले भनेर बसेको भयो, अहिले प्रशिक्षण दिने आएका धेरैलाई अहिलेसम्म कहिले नि चिनेनौ, यो दुई चार वर्षमा यति खाँटी एमाले भएर कहाँबाट आए छन्’ दोधारा चाँदनीमा ग्रास रुट मिसन कार्यक्रममा सहभागी कार्यकर्ताले भने,‘राम्रो प्रशिक्षण होला भनेर गएको त, त्यहाँ त नक्कली एमालेले पो सिकाउन थाले छ, नराम्रो लागे पनि त्यसै बसेर सुनि रह्यौ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेपछि बढेको विवाद पार्टी विभाजन भएपछि एमालेको साँगठनिक संरचना अस्तव्यस्त बनेका छन् । संसद विघटनपछि अध्यक्ष ओली र अन्य नेताहरुले आफ्ना चाहनाका व्यक्ति नेता बनाएका छन् । अहिले उनीहरु स्थानीय स्तरका कार्यकर्तालाई प्रशिक्षण दिन ग्रास रुट मिसनमा प्रतिनिधि भएर खटिएका छन् ।

एमालेमा वडादेखि केन्द्रीय कमिटीसम्म अध्यक्ष ओलीको संसद विघटनलाई साथ दिएका सबै नेता हावी छन् । संसद विघटन विरुद्ध उभिएका तत्कालिन माधव नेपाल समूहका नेताहरु पार्टी र सबै संगठनमा जिम्मेवारी विहीन बनाएका छन् ।

dirghayi clinic

पार्टी विभाजनलाई साथ नदिएर एमालेमै बसेका कञ्चनपुरका अधिकाँश नेता पनि जिम्मेवारी बाहिर छन् । उनीहरुमध्ये धेरै जना मिसन ग्रास रुट अभियानमा पनि बाहिर नै राखिएका छन् ।

एमालेले पार्टी र जनताबीच बलियो सम्बन्ध बनाउन सञ्चालन गरेको मिसन ग्रास रुट अभियानका लागि कञ्चनपुरमा पोलिटब्युरो सदस्य नारदमुनि राना सहित लिला भण्डारी, झपट रावल, सहदेब बोगटी, पवित्रा तिमल्सिना लगायतका नेता जिम्मेवारी पाएका छन् ।

पोलिटब्युरो सदस्य रानाले केही दिन एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सैद्धान्तिक र वैचारिक रुपमा कार्यकर्तालाई प्रशिक्षण दिन अभियान सञ्चालन गरिएको बताएका थिए ।

‘बैशाख ३० र मंसिर ४ गते हाम्रो पक्षमा आएको नतिजाले केही कमजोरी भएको महसुस गरेका छौ, त्यस कारण जनतासित बलियो सम्बन्ध बनाउने, पार्टीका संगठन गठन पुनःगठन गर्ने, सरकारमा हुँदा गरेका कामको जानकारी दिने लगायतका कुरा लिएर मिसन ग्रास रुट सञ्चालन गरिएको छ’ उनले भनेका थिए, ‘यो मिसन सैद्धान्तिक र वैचारिक रुपमा सञ्चालन हुन्छ, संगठन विस्तार र सुदृढीकरण गर्ने मुख्य लक्ष्य लिइएको छ ।’

पागुन ५ गतेदेखि सुरु भएको यो अभियान दुई महिना अर्थात बैशाख ९ गतेसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी अभियानको उद्घाटन गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा पोलिटब्यूरो सदस्य नारदमुनि राना र केन्द्रीय प्रतिनिधि पवित्रा तिमिल्सिना खटिएका छन् ।

शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा केन्द्रले पोलिटब्यूरो सदस्य लीला भण्डारीलाई खटाएको छ ।

पुनर्वास, बेलौरी र बेलाडाँडीमा केन्द्रीय सदस्यद्धय झपड रावल र सहदेव बोगटी खटिएका छन् । अभियान अन्तर्गत बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...