ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री शाह पनि धरापमा पर्ने सम्भावना, विश्वासको मत पाउनेमा आशंका

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँटमा लिखित सहमतिको अडान लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह पनि समस्यमा परेका छन् । मुख्यमन्त्री शाहले आज विश्वासतको मत लिने भएपछि ती दुई दललाई मनाउन विहानेखि प्रयास गरि रहेका छन् ।

माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति नभएको अवस्थामा विश्वासको मत दिन नसकिने बताउँदै आएको छ। यस्तै उन्मुक्तिले पनि भागवण्डामा उचित व्यवस्थापनको माग अघि सारेको छ ।

,orning glory badhai
dirghayi clinic

यसैबीच एमालेले सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।  नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

२६ माघमा नियुक्त भएका मुख्यमन्त्री शाहले (आज)आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...