ghar sansar

दोधारा चाँदनीका महिला समूहका पदाधिकारीको अर्ध वार्षिक समीक्षा सम्पन्न

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा महिला समूहको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा अन्तर्गत गठित महिला समूहका सदस्यहरुको अर्धवार्षिक समिक्षा गोष्ठी गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा १० वटा वडाका महिला समुहका ४० जना पदाधिकारी गोष्ठीमा सहभागी भएका छन् । ग्रामीण महिलाहरुको जीवन स्तर उकास्न दोधारा समूह गठन गर्दै उनीहरुलाई विभिन्न् सीप मुलक कार्यक्रम तथा सामाजिक कार्यमा उत्प्रेरित तथा सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।

महिलाहरु शिक्षित भए घर परिवार शिक्षित हुने बताउदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लिम्बुले अबका दिनहरुमा महिलाहरु चुल्हाचौकामा दिन बिताउने दिन गएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका समृद्धि र विकासको लागि महिलाहरु जागरुक हुनु पर्नेमा नगर प्रमुख लिम्बुको भनाई रहेको छ ।

dirghayi clinic

कार्यक्रममा आफ्नो बिचरा राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले दोधारा चाँदनी नगर क्षेत्रमा छरिरहेका महिला समुहले बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आएको बताएका छन् ।

महिला समुहका सदस्यहरुले बिभिन्न अन्तरक्रियामा सहभागी हुने, आयआर्जनको लागी बाख्रा पालन, भैसी पालन तथा कृषी कार्य गरि व्यक्तिगत रुपमा समेत मनग्य आम्दानी गर्दै गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले कार्यक्रममा बताएका छन् ।

कार्यक्रममा महिला समूहरुले गरेको अर्धवार्षिक समिक्षा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा अन्तर्गत गठन भएको महिला समुहले महिलाको व्यक्तिगत तथा सामाजमा सकारात्मक कार्य गर्दै आएको सहभागीहरुले बताए ।

अर्धवार्षिक समिक्षा गोष्ठीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखक लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...