ghar sansar

दोधारा चाँदनीमा प्रहरीले थाल्यो साइबर क्राइम सम्बन्धी जनचेतना मुलक कार्यक्रम, बिहीबार विद्यार्थीहरुलाई अनुशिक्षण

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनीमा प्रहरीले साइबर क्राइम सम्बन्धी जनतेचना मुलक कार्यक्रम सञ्चालन गरेको छ । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले साइबर क्राइम सम्बन्धी जानकारी गराउन जन चेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले सबै भन्दा बढी जोखिममा हुने युवा युवतीको लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

lotus institite
daimond public

समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत आज दोधारा चाँदनी– १ को महाकाली आदर्श माबि. हल्दुघाटमा विद्यार्थीहरुलाई साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको ईलाका प्रहरी प्रमुख साँउदले बताए ।

विद्यार्थीलाई साईबर क्राईम भनेको के हो ? साईबर क्राईम गर्दा हुने कानुनी सजाय, यसबाट बच्ने उपाय, वर्तमान अवस्था लगायतको विषयमा विद्यार्थीहरुलाई कार्यक्रममा जानकारी गराईएको थियो । साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रममा महाकाली आदर्श माबि. हल्दुघाटका कक्षा ९ र १० का विद्यार्थी तथा शिक्षक सहभागी भएका छन् ।

प्रहरी निरीक्षक साँउदले दोधारा चाँदनी नगर क्षेत्रमा रहेका साईवर क्राईम सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएका छन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी सहायक निरीक्षक शंकर दत्त जोशीको कमाण्डमा गएको टोलीले महाकाली आदर्श माबि. हल्दुघाटमा विद्यार्थीहरुलाई साईवर क्राईम सम्बन्धी अनुशिक्षण गरिएको बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...