ghar sansar

शुक्लाफाँटामा पनि एमालेको पालिका सभा गठन, मेयर महरा भए अध्यक्ष

dirghayu ad

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले) ले पालिका सभा दल गठन गरेको छ । एमालेको विधान २०४९ को धारा ७४ (२) ले व्यवस्था गरे अनुसार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा १३ सदस्यीय पालिका सभादल गठन गरिएको हो ।

सभादलको सदस्यमा वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. २ का अध्यक्ष भोदुराम डगौरा, वडा नं. ७ का अध्यक्ष प्रताप धामी रहेका छन् । त्यस्तै सभादलका सदस्यहरुमा वडा सदस्य राजेश शाही, डबल बहादुर ऐर, सिताराम डगौरा, सीतादेवी दमाई, सान्ती विष्ट साउँद, जयसिंह राना, अन्जना चौधरी, सन्तोला कामी, घुमनी डगौरा रहेका छन् ।

ratnam malkhad

शुक्लाफाँटा नगर प्रमुख महराको अध्यक्षतामा बसेको बैठकमा मिसन ग्रासरुट अभियानका केन्द्रिय प्रतिनिधि लिला भण्डारी प्रमुख अतिथि रहेकी थिइन् ।

यस्तै कार्यक्रममा नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचन
बहादुर सिंह, एमाले जिल्ला कमिटी उप सचिव कर्ण बहादुर चन्द र यज्ञ कँडेल लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...