ghar sansar

दानेश्वरमा भाग पाएपछि एमाले अखिलले दियो सत्ता गठबन्धनका विद्यार्थी संगठनलाई एक्कै चुनाव लड्ने चुनौती

little buddha academy
khasi

महेन्द्रनगर । एमाले अखिलले जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्याम्पसमा सत्ता गठबन्धन आवद्ध दलसित सहकार्य गरी सचिव र तीन सदस्य पाएपछि एक्लै चुनाव लड्ने चुनौती दिएको छ । दानेश्वर हरि बहुमुखी क्याम्पसमा सबै विद्यार्थी संगठनबीच भागबण्डा सहमति भएपछि आइतबार स्ववियु निर्विरोध भएको थियो ।

सत्ता गठबन्धन आवद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, समाजवादीका अखिल र राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच क्याम्पसमा भागबण्डा गरिएको थियो ।

,orning glory badhai

सत्ता पक्षका नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अखिलबीच भागबण्डा गरी सहमति गरिएको दोस्रो दिन एमाले अखिल सत्ता गठबन्धनका विद्यार्थी संगठनमाथि चुनाव हुन नदिन तालाबन्दीमा उत्रिएको आरोप लगाएको छ । अखिलले तालाबन्दीको प्रतिकार गर्ने पनि सत्ता गठबन्धनका विद्यार्थी संगठनलाई चेतावनी दिएका छन् ।

एमाले अखिलको चेतावनीपछि नेपाल विद्यार्थी संघले सस्तो लोकप्रियताका लागि मिडियाबाजी नगर्न अखिलाई चेतावनी दिएको छ ।

dirghayi clinic

नेपाल विद्यार्थी संघका नेता कृष्णराज भट्टले सत्ता गठबन्धन दलसंगै मिले भाग पाएपछि आरोपमा उत्रिनुको कुनै अर्थ नभएको बताए । ‘यो राम्रो होइन, यसले राम्रो सन्देश जाँदैन’ उनले भने ।

दानेश्वर हरि बहुमुखी क्याम्पसमा सबै दललाई समावेश गरी सर्वसम्मत बनाउन एमाले नेताहरुले पटक पटक आग्रह गरेको सत्ता गठबन्धन आवद्ध दलका नेताले बताए ।

‘सत्ता गठबन्धन एकातिर भएपछि अखिलको सदस्य पनि आउन सक्ने अवस्था छैन, मिडियामा धेरै कुरा गरेर केही हुँदैन’ ती विद्यार्थी नेताले भने,‘यदि यस्तै अवस्था रह्यो भने अब दानेश्वरमा जस्तो नहुन पनि सक्छ ।’

चार विद्यार्थी संगठनको भागबण्डाबाट नेपाल विद्यार्थी संघका विमला जोशी निर्विरोध सभापति भएकी छन् । एमाले सम्बद्ध अखिलका सुनिल ओड सचिव र अखिल क्रान्तिकारीका जयन्ती कुमारी खत्री कोषाध्यक्ष भएका छन् ।

स्ववियु सदस्यमा एलिना कार्की, विमला रावल, सविना पन्त, हेमन्ती जोशी, तुलसी गिरी, चन्द्रदेब जोशी, मनिसा थापा र गंगा साउँद निर्विरोध भएका छन् ।

विद्यार्थी संगठनबीच सहमति भएर उम्मेदवारी फिर्ता भएपछि चुनाव अघि नै स्ववियु निर्विरोध भएको छ । स्ववियु चुनाव अन्र्तगत चैत ५ गते मतदान मिति तोकिएको छ ।

Himal dental
सम्बन्धित
Loading...