ghar sansar

पार्टी कार्यालयबाट सत्ता गठबन्धनका संगठनमाथि खनियो एमाले अखिल, गठबन्धनको क्रान्तिकारी भने अखिलका लागि चुपचाप माग्दै भोट

little buddha academy
khasi

महेन्द्रनगर । एमाले सम्बद्ध अनेरास्ववियुले चुनाव विथोल्न आरोप लगाएका दिन सत्ता गठबन्धन आवद्ध माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष भुवन विष्ट अनेरास्ववियुका उम्मेदवारका लागि मत माग्न व्यस्त भएका छन् ।

शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अध्यक्ष विष्टले क्रान्तिकारी र अखिल दुबैको संयुक्त प्यानलका उम्मेदवारका लागि मत मागेका छन् ।

अखिलले सोमबार एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अखिल क्रान्तिकारी सहित सत्ता गठबन्धन आवद्ध दलका अन्य विद्यार्थी संगठन चुनाव हुन नदिन तालाबन्दी गरी बिथोल्न लागेको आरोप लगाएको छ । अखिलले चुनाव विथोल्ने आरोप लगाएको दिन क्रान्तिकारीका अध्यक्ष विष्ट प्रचारमा व्यस्त भएका छन् ।

स्ववियु चुनावलाई लक्षित गरी क्याम्पसहरुमा लगाएको ताला नखोलिए प्रतिकारमा उत्रिने चेतावनी समेत अनेरास्ववियुले दिएको छ । निर्वाचन भाड्ने गरी सत्तापक्षीय विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पसहरुमा ताला लगाएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए ।

dirghayi clinic

कञ्चनपुरका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको रोकायाले बताए ।

‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘सत्तापक्षीय गठबन्धनका विद्यार्थी संघ, संगठनहरु पराजयको डरले तालाबन्दीमा उत्रेका हुन् ।’

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रोकायाले तत्काल ताला खोलेर निर्वाचन हुन दिने माहोल सृजन गर्न आग्रह गरेका छन् ।

उनले यस्ता गतविधि नरोकिए अनेरास्ववियु प्रतिकारमा उत्रिने र त्यसको जिम्मा सम्बन्धिन विद्यार्थी संगठन र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिए ।

Himal dental
सम्बन्धित
Loading...