
महेन्द्रनगर । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कञ्चनपुरको अध्यक्षमा राम प्रसाद जोशी चयन भएका छन् । संघको तेस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।
उपाध्यक्षमा पशुपति कुमारी ठगुन्ना, ईश्वरदत्त बडु, सचिव केशवराज भट्ट र कोषाध्यक्षमा तिर्थराज पाठक चयन भएका छन् ।

समिति सदस्यमा ललित सिह डाँगा, ज्ञानु शाह, राजेश्वरी कुमारी बोहरा, सुरेन्द्र ठकुराठी, विनोद कुमार बोहरा र बासुदेब पनेरु चयन भएका छन् ।
अधिवेशनबाट प्रादेशिक प्रतिनिधि र ट्रेड युनियनका काँग्रेस जिल्ला प्रतिनिधि चयन भएका छन् । प्रादेशिक प्रतिनिधिमा राजेन्द्र बहादुर चन्द, दल बहादुर ऐडी, विष्णु पाठक र बीर बहादुर नेगी चयन भएका छन् ।
हरि प्रसाद ओझा, हिक्मत ठकुराठी र श्याम प्रसाद पण्डित जिल्ला प्रतिनिधि चयन भएका छन् । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले अधिवेश उद्घाटन गरेकी थिइन् ।
