ghar sansar

जुनसुकै बेला पनि चुनाव हुन सक्ने एमाले नेता ठगुन्नाको आशंका, तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले मुलुक जुनसुकै बेला पनि चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

नेकपा एमाले धनगढी नगर कमिटीले मंगलबार धनगढीमा आयोजना गरेको नगरस्तरीय जनसंगठनहरुको संयुक्त अभिमुखीकरण कार्यक्रममा ठगुन्नाले आगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउँदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

dirghayi clinic

‘अहिलेको संसदीय प्रणालीमा कुनै पार्टीको पनि बहुमत नभएका कारण मुलुक जुनसुकै बेला चुनावमा जानसक्छ। त्यसकारण तयारी अवस्थामा रहनु पर्छ,’ उनले भने, ‘एमाले एक्लैले बहुमत ल्याउने गरी आजैदेखि तयारी गर्नु पर्छ।’

उनले विगतमा टुटफुट र मनमुटावका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता औंल्याए ।

मिसन ग्रासरुट अभियान अन्तर्गत धनगढी उप महानगरपालिकाको संयोजकका रुपमा खटाइएका ठगुन्नाले पहिलो चरणका कार्यक्रम सम्पन्न गरेको बताउँदै अब दोस्रो चरणका कार्यक्रम सञ्चालन गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...