
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा बिहीबारदेखि कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ । भीमदत्तका सामुदायिक र संस्थागत सबै ९२ विद्यालयमा परीक्षा सुरु भएको छ ।
भीमदत्तको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले परीक्षामा १ हजार ३ सय ६० छात्रा र १ हजार ६ सय ६० छात्र गरी ३ हजार २० जना विद्यार्थी सहभागी भएका छन् ।
परीक्षाको अनुगमन समेत गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीको नेतृत्वमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख जोशी लगाएतको टोलीले परिक्षाको अनुगमन गरेको छ ।
कक्षा ८ को परिक्षालाई मर्यादित बनाउन समयमै सम्बन्धित निकायलाई निर्देशन गरिसकेको बताउँदै उपप्रमुख जोशीले केही परिक्षा केन्द्रमा आफुलेपनि स्थलगत अनुगमन गरेको बताइन् ।
महेन्द्रनगरस्थित स्थित भृकुटी माध्यमिक बिद्यालय,लिटिल बुद्ध एकेडेमी लगाएतका परिक्षा केन्द्रमा अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत गौलीले बताए ।
विद्यार्थीको भविष्यलाई ख्याल गर्दै परिक्षालाई मर्यादित बनाउन अनुगमन गरेको नगर उपप्रमुख जोशीले बताइन् । अनुगमन गरेका परिक्षा केन्द्रमा शान्त वातावरण तथा मर्यादित तरिकाले परिक्षा सञ्चालन भएको पाइएको उनले बताइन् ।
