ghar sansar

पत्रकार महासंघ काठमाडौ शाखाले गर्यो आदर्श पत्रकारिता पुरस्कारको घोषणा

dirghayu ad

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आदर्श पत्रकारिता पुरस्कार घोषणा गरेको छ । महासंघ शाखाको चैत ३ र ४ गते शंखरापुर नगरपालिका २, जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको बैठकले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

काठमाडौं शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने जिल्ला कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिए ।

ratnam malkhad

चैत्र २५ गते हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने समेत बोहोराले बताए । बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुका साथै कार्यसमिति सदस्य रमेश कुमार बोहोराको संयोजकत्वमा भित्ते पात्रो ( क्यालेन्डर ) प्रकाशन समिति समेत गठन गरेको छ । बैठकले समसामयिक बिषयमा ९ बुँदे शङ्करापुर घोषणापत्र समेत जारी गरेको कार्यसमिति सदस्री बोहराले जानकारी दिए ।

रमेश कुमार बोहोराका अनुसार घोषणामा श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक दोब्बर बनाउनु पर्ने, लोककल्याणकारी बिज्ञापन बापतको रकम दोब्बर बनाउनु पर्ने,साना लगानी तथा स्वरोजगार मूलक संचार माध्यमलाई प्रदान गरिंदै आएको सहुलियतपूर्ण ऋणलाई १० लाखबाट बढाइ २५ लाख पु¥याउनु पर्ने,अनलाईन संचार माध्यमलाईसमेत लोककल्याणकारी विज्ञापन विगत दुई आर्थिक वर्षदेखि नै प्रदान गर्ने गरी रकम नै छुट्टाइसकेको तर कार्यविधिको अभावमा हालसम्म पनि कार्यान्वयनको बाटोमा अघि बढ्न नसकेको अवस्थामा तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने , विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापतको रकम विभिन्न बाहनामा रोक्दै आएको रकम तत्काल भुक्तान गर्न तथा पत्रपत्रिकालाई उपलब्ध गराउने सेवा सुविधाको प्रक्रियामासमेत सहजता प्रदान गर्न र विज्ञापन वोर्डको हरेक नीतिगत छलफलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रतिनिधि अनिवार्य उपस्थिति रहने व्यवस्था गर्न शाखाले माग गरेको छ ।

साथै समानुपातिक विज्ञापन प्रणाली तत्काल कायम गर्नसमेत माग गर्दछौं । नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका सञ्चार गृहमा श्रमजीवी पत्रकारको अधिकार स्थापनाका लागि दबाब दिन थप शशक्त कार्यक्रम घोषणा गर्न शाखाले घोषणापत्रमार्फत केन्द्रीय समितिसँग माग गरेको छ ।

सरकारले विगतको वजेटमार्फत नै पत्रकारहरुका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको तर कार्यान्वयनको अवस्था नदेखिएकोमा सोको कार्यान्वयनका लागि शाखाले सरकारसँग माग गरेको छ । साथै, सरकारले पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बीमाको प्रकृयालाई सरलीकरण गर्न र यसलाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न गराउन समेत शाखाले माग गरेको छ ।

साथै सूचना तथा प्रसारण विभागले प्रदान गर्न सुरुवात गरेको ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपब्ध गराउने गरी तथ्यांक संकलन गर्ने कार्यका लागि नेपाल पत्रकार महासंघका शाखालाई जिम्मेवारी दिन र सोही अनुसार शाखाले सिफारिस गरेका ज्येष्ठ पत्रकारलाई सुविधा उपलव्ध गराउन शाखा माग गरेको छ । यस्तै ज्येष्ठ पत्रकारका लागि उमेर हद ६० वर्ष कायम गर्न पनि शाखा सम्वन्धित पक्षसँग माग लगायत उल्लेख छ ।

Himal dental
सम्बन्धित
Loading...