ghar sansar

पञ्चेश्वरको नव प्रभात संयुक्त क्याम्पसमा एमाले अखिलको प्यानलै विजयी

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित नव प्रभात संयुक्त क्याम्पसको स्ववियु सभापति सहित एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ। सभापतिमा रेखा घटाल विजयी भएकी छन् ।

उनले ७१ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघ–अखिल क्रान्तिकारीका साझा उम्मेदवार कविता चन्दले ६० मत ल्याइन् ।

सचिवमा अनेरास्ववियुकै अहिल्या ठकुराठी (७५), कोषाध्यक्षमा अनेरास्ववियुकै गिता घटाल (७४), सदस्यमा अनेरास्ववियुकै पूजा रावत, आशा साउद, सावित्री जोशी विजयी भएका छन् । यस अघि श्रीकोट बहुमुखी क्याम्पसमा पनि सभापतिमा शम्भु गिरीसहित अनेरास्ववियुको प्यानलै विजयी भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...