
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकास्थित रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियुका दिलेन्द्र प्रशाद बडू सभापतिमा निर्वाचित भएका छन । नेपाल विद्यार्थी संघका गजेन्द्र उपाध्यायलाई २९ मत अन्तरले हराउँदै सभापति निर्वाचित भएका हुन् ।
बडूले १०९ र उपाध्यायले ८० मत ल्याएका छन् । स्ववियु सचिवमा नेवि संघका दिनेश जोशी निर्वाचित भएका छन । उनले अनेरास्ववियुका भाष्कर भट्टलाई २ मतको अन्तरले हराउँदै सचिवमा चयन भएका छन । जोशीले ९५ र भट्टले ९३ मत ल्याएका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकै मानमती ऐर निर्वाचित भएकी छिन । ऐरले नेवि संघका कविता शाहीलाई २६मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन ।
ऐरले १०९ र शाहीले ८३ मत ल्याएका छन । अनेरास्ववियु कञ्चनपुरका नेता रविन नाथले सचिव बाहेक अन्य बाँकी पदमा अनेरास्ववियु निर्वाचित भएको बताए ।
उनका अनुसार सदस्यमा अनेरास्ववियुकै बिपना ताम्राकार, बलसिह बुडा, लक्ष्मण भट्ट,बसन्ती डगौरा, बबिता बम निर्वाचित भएका छन । कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा मात्रै चुनाव भएको छ ।
