ghar sansar

रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित रामपुर बहुमुखी क्याम्पसको स्ववियु चुनावका नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी) को प्यानलै विजयी भएको छ ।

dirhayu

कूल २५ मा १५ मत ल्याउदै क्रान्तिकारीकी उम्मेदवार सरस्वती तिरुवा सभापतिमा विजयी भएकी हुन । उनका निकटतम् प्रतिद्वन्द्वि कांग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार धनिराम चौधरीले ५ मत मात्र प्राप्त गरे ।

western public academy

बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह १२ बजे सकिएको थियो। उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता रहेका थिए, त्यसमध्ये २५ मत खसेको थियो ।

बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा पनि मतदान सकिएको निर्वाचन अधिकृत गंगाप्रसाद रिजालले बताए । ५ बजेदेखि मतगणनाको तयारी रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...