ghar sansar

कैलालीमा स्ववियु निर्वाचनमा सत्ता साझेदार काँग्रेसको नेवि संघ शुन्य, एमाले अखिल ५ र माओवादी अखिल ४ क्याम्पसमा विजयी

little buddha academy
khasi

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ क्याम्पसको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। आज वीरेन्द्र विद्या मन्दिर टीकापुरमा मतदान भइरहेको छ ।

हिजो मतदात भएका ९ क्याम्पसमध्ये नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले कुनै पनि क्याम्पसमा सभापति जित्न सकेको छैन ।

,orning glory badhai

यहाँ सबै भन्दा धेरै एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जितेको छ । यहाँका ५ क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी हुँदा ४ क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले जितेको छ ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, गौरीगङ्गाको चौमाला बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र घोडाघोडीको बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का दोब्बर मतान्तरले प्यानल सहित विजयी भएका छन् । खड्काले ८१४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेविसंघका महेशराज जोशीले ४२९ मत पाएका छन् ।

dirghayi clinic

खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका पुष्कर राज अवस्थी ११७ मत सहित विजयी भएका छन् भने बुलबुले बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्पा खाती विजयी भएकी छन्। नेविसंघका कुशल भुललाई पराजित गर्दै खाती विजयी भएकी हुन्। खातीले ५२ मत प्राप्त गर्दै जित हात पार्दा उनका प्रतिद्वन्द्वी नेविसंघका भुलले भने ४९ मत प्राप्त गरेका हुन् ।

चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा १६१ मतसहित विजयी भएका छन् । सत्तारुढ दल निकट संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाए। लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी हुँदा नेवि सङ्घका भावेस उपाध्यायले १०८ मत पाएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, घोडाघोडी बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा विजयी भएको छ ।

घोडाघोडीमा माओवादीका प्रेमबहादुर सहकारीले ४९८मत सहित विजयी भए । उनका प्रतिस्पर्धी विनोद चौधरीले २६७मत पाए ।

सुखडकै राष्ट्रिय कलेजमा सुन्दर गौतम १५३ मतसहित विजयी भएका छन्। गौतमका प्रतिद्वन्द्वी नेविसंघका कर्णवीर कठायतले १११ मत प्राप्त गरेका छन् । मोहन्याल बहुमुखी क्याम्पसमा २५ मतसहित अर्जुन खत्री विजयी भए। उनका प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाएका छन् ।

रघुनाथ बहुमुखी क्याम्पसमा विप्लव निकट क्रान्तिकारी र नाउपाको विद्यार्थी सङ्गठनको संयुक्त प्यानललाई पराजित गर्दै क्रान्तिकारीकी विनीता चौधरी विजयी भएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...