महेन्द्रनगर । बैतडीको मेलौलीस्थित मणिलेक क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट निर्वाचित भएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै भट्टको नेतृत्वमा नेवि संघ प्यानल सहित निर्वाचित भएको छ ।
सभापतिमा भट्टले ७० मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी अनेरास्ववियु र अखिल क्रान्तिकारी गठबन्धनका धनीदत्त भट्टले ४४ मत प्राप्त गरेका छन् ।
सचिवमा नेवि संघका निरज भट्ट वियजी भए । उनले ६८ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेवि संघकै सुशिला नेगी विजयी भइन् । उनले ७१ प्राप्त गरिन् ।
सदस्यमा नेवि संघकै पुजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए ।