पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि संघकी भट्ट विजयी

महेन्द्रनगर । बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी भागरथी भट्ट विजयी भएकी छन् । विजयी भट्टले ८९ मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका निराजन पन्तले ७४ मत ल्याए ।

सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मत सहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत ल्याएका छन् ।

janjyoti campus

कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मत सहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत ल्याइन् ।

यस्तै सदस्यहरुमा अनेरास्ववियुका रोशन पाण्डे १०१ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत ल्याएर विजयी भएका छन् । यस्तै नेविसंघका मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन् ।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेको थियो भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । सो क्याम्पसमा २७६ मतदाता रहेकोमा २२७ मत खसेको निर्वाचन समितिका संयोजक फणेन्द्र अवस्थीले बताए ।

ghar sansar
सम्बन्धित
Loading...