पूर्णागिरी मेलाका दर्शनार्थीको सुरक्षाका लागि ब्रह्मदेब बजारमा पनि सिसिटिभी क्यामेरा जडान

महेन्द्रनगर । सिद्धनाथ बाबाको दर्शन गर्न आउने पूर्णागिरी मेलाका दर्शनार्थीको सुरक्षाका लागि ब्रह्मदेब बजारमा यस वर्ष सिसीटिभी क्यामेरा जडान गरिएका छन् । सिद्धनाथ मन्दिरमा यस अघि नै क्यामेरा जडान गरिएको थियो ।

सिद्धनाथ मन्दिर संरक्षण समितिले मेला सुरु अघि मन्दिर नजिकका बजारका विभिन्न स्थानमा क्यामेरा जडान गरेको छ । ब्रह्मदेब बजार प्रवेश गर्ने स्थानदेखि विभिन्न स्थानमा ५ क्यामेरा जडान गरिएका छन् । मन्दिर परिसरमा यस अघि १० क्यामेरा जडान गरिएका हुन् ।

janjyoti campus

ब्रह्मदेबस्थित सीमा प्रहरी चौकीसित समन्वय गरी क्यामेरा जडान गरिएका छन् । सिसिटीभी क्यामेराका नियन्त्रण सीमा प्रहरी चौकीमा राखिएको छ ।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष नारायण सिह महताले मेलामा हुने चोरी सहितका विभिन्न अपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षाका लागि बजार क्षेत्रमा पनि क्यमेरा जडान गरिएको बताए ।

‘मेलामा चोरी, सहित विभिन्न अपराधका घट्ना हुन सक्छन्, त्यसले मेलामा आउने दर्शनार्थीहरुलाई राम्रो हुँदैन, त्यस्ता गतिविधि हुन नदिन नै बजारमा पनि क्यामेरा जडान गरिएको छ’ उनले भने,‘मेलामा आउने दर्शनाथीहरु सहित अन्य सबैका गतिविधि क्यामेराबाट अहिले निगरानी भई रहेको छ ।’

मेलामा अशान्ति मच्चाउन खोज्ने व्यक्ति दैनिक पक्राउ पर्ने गरेका छन् । सुरक्षाका लागि प्रहरी र मन्दिर समितिका स्वयम् सेवक दैनिक रुपमा खटिएका छन् । ‘क्यामेरामा दैनिक रुपमा अशान्त गर्ने एक दुई जनालाई समाति रहेका छौ’ अध्यक्ष महताले भने ।

होली पूर्णिमादेखि सुरु भएको पूर्णागिरी मेला तीन महिनासम्म चल्नेछ । सिद्धनाथ मन्दिरमा सिद्धनाथ बाबाको दर्शन गर्न दैनिक ५ देखि १० हजार दर्शनार्थी आउने गरेका छन् । उनीहरुमा भारत सहित नेपालका विभिन्न ठाउँका छन् ।

भारतको पूर्णागिरीस्थित माताको दर्शन गरेपछि सिद्धनाथ बाबाको दर्शन गरेपछि मात्रै मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । दर्शनार्थीहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका आउने गरेका छन् ।

सिद्धनाथ मन्दिर समितिका अध्यक्ष महताले पूर्णागिरी मेला धार्मिक रुपमा मात्रै महत्वपूर्ण नभएर ब्रह्मदेब बजारका व्यवसायीका लागि पनि आम्दानीको मुख्य स्रोत भएको बताए ।

‘यसको धार्मिक महत्व त आफँैमा छँदैछ, त्यस बाहेक यहाँका व्यवसायीलाई पनि मेलाको यहीं तीन महिनाले वर्षका बाँकी ९ महिना खान पुग्ने हो’ उनले भने ।

कोरोना महामारी संक्रमणका कारण यस अघि दुई वर्ष मेला रोकिएको थियो । लगातार दुई वर्ष रोकिएको मेला यस वर्षदेखि पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीमा नेपाल भारत नाका नै बन्द गरिएको थियो ।

मन्दिर समितिका अध्यक्ष महताले नाका नै बन्द भएपछि मेला सञ्चालन हुन नसकेको बताए ।

सिद्धनाथ मन्दिर समितिले पूर्णागिरीमा पनि सिद्धनाथ बाबाको प्रचारप्रसार गर्दै आएको छ । पूर्णागिरीमा सिद्धनाथ बाबाको दर्शन गरेपछि मनोकाँक्षा पूरा हुने सन्देश प्रवाह लगायतका प्रचारप्रसारका कार्यक्रम हुँदै आएको अध्यक्ष महताले बताए ।

महताले एक वर्षदेखि मन्दिर समितिको नेतृत्व गर्दै आएका छन् । उनी आएपछि बजार पछाडि मन्दिरको जग्गामा तारबार गरिएको छ । मन्दिरको झण्डै १० कट्टा जमिन अतिक्रमण हुन लागेको थियो ।

      

ghar sansar
सम्बन्धित
Loading...