
महेन्द्रनगर । ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग समसामयिक विषयमा छलफल गरेको छ । बिहीबार प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको अध्यक्षता गरिएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराको प्रमुख अतिथि थिए ।
कार्यक्रममा सहभागीहरुले अपराध न्यूनिकरणमा नागरिक र प्रहरीको सहकार्यमा जोड दिएका छन् । अपराध रोकथाम तथा शान्तिपूर्ण सामाज निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने नगर प्रमुख महराले बताए ।

‘अपराधिक घटना हामी सबैका साझा समस्या हुन्, अपराध न्यूनिकरण र सुरक्षित सामाज निर्माणका नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्नेछ,’ उनले भने ।
अपराधमा संलग्न व्यक्ति पक्षमा नगरपालिका कुनैपनि जनप्रतिनिधि नलाग्ने उनको भनाई छ। ‘अपराध गर्ने व्यक्ति परिवारको सदस्य भएपनि त्यो आफ्नो हुँदैन्, त्यस्ता व्यक्तिहरुको पक्षमा हामी लाग्ने छैनौं,’ उनले भने, ‘हामी अपराधीलाई छुटाउनुहोस्, त्यस्तो खाले दाबाब दिदैनौं ।’
अपराध न्यूनिकरणका लागि सक्रिय भएर लाग्ने प्रहरी निरीक्षक शाहीले बताए । ‘हामी निश्पक्ष रुपमा काम गर्नेछौं, हामी कुनै पार्टी होइनौं, कुनै राजनीतिक गन्ध आउने छैन्,’ उनले भने, ‘प्रहरी एक्लैले अपराध न्यूनिकरण गर्न सक्दैन्, त्यसमा नागरिक र जनप्रतिनिधिको सहयोग आवश्यक छ ।’
इलाका प्रहरी कार्यालय झलारीको पूर्वपश्चिम राजमार्गमा नियमित गस्ति, गाउँघरसम्म पुगेर गुनासो सुन्ने, सचेतनामूलकलगायतका कार्यक्रम गर्ने योजना रहेको उनले बताए। कार्यक्रमका सहभागीहरुले ग्रामिण भेगमा गस्ति गर्न, लागुऔषध नियन्त्रण, कसैको पक्ष र विपक्ष नलिएर निश्पक्ष रुपमा काम गर्न आग्रह गरेका थिए ।
