ghar sansar

भीमदत्त नगरपालिका १८ नम्बर वडाका ज्येष्ठ नागरिकका लागि आँखा शिविर सञ्चालन, मेयर बोगटीले गरे उद्घाटन

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सुरु भएको छ । महेन्द्रनगरस्थित आँखा उपचार केन्द्रमा सुरु शिविरमा वडाका ६८ वर्ष उमेर पूरा भएका सबै ज्येष्ठ नागरिकले सेवा लिन पाउने भएका छन् ।

भीमदत्त नगरपालिका मेयर पदम बोगटीले शिविर उद्घाटन गरेका छन् । उद्घाटन मेयर बोगटीको पनि आँखा जाँच गरिएको छ । मेयर बोगटीले शिविरबाट ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिका र वडा कार्यालय स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

ratnam malkhad

‘यो कार्यक्रमबाट १८ नम्बर वडाका ज्येष्ठ नागरिकलाई फाइदा हुन्छ, यो कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्नु आवश्यक छ’ उनले भने,‘१८ नम्बर वडामा कार्यक्रम गरी ज्येष्ठ नागरिकको आँखा जाँच कार्यक्रम राखिएकोमा म वडा अध्यक्ष लगायतका टीमलाई धन्यवाद दिन्छु ।’

भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देबकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्त, ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय उपाध्यक्ष गंगाराम गिरी लगायतले मन्तव्य राखे ।

ज्येष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गिरीले आगामी दिनमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि कार्यक्रम गर्नु पर्ने आवश्यकता औंल्याए ।

‘आज यो कार्यक्रम भई रहेको छ, एकदम राम्रो हो, यसबाट ज्येष्ठ नागरिक खुसी छौ’ उनले भने,‘यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता पाउन भन्ने चाहन्छौ ।’

नेत्र ज्योति संघका अध्यक्ष पन्तले विगतदेखि स्थानीय सरकारसित विभिन्न क्षेत्रसित सहकार्य गरी आँखा जाँच हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्तका मेयर बोगटीलाई केन्द्रका अध्यक्ष पन्तले उपचार केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउन माग गरिए पनि सुनुवाई नभएको दुखेसो पोखे ।

‘यो उपचार केन्द्र सञ्चालनका लागि कुनै सरकारी निकायबाट बजेट आउँदैन, यो तपाई हामी सबैको सहयोगबाट चलेको छ’ उनले भने,‘नगरपालिकासित विगतमा पनि यसको विस्तारका लागि जग्गा दिन भन्यौ, अहिलेसम्म पाएका छैनौ, मेयर सापको यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपचार केन्द्रमा नेपाल मात्रै नभएर भारतबाट पनि विरामी आउने गरेको अध्यक्ष पन्तले बताए । उनका अनुसार उपचार केन्द्रमा ४० प्रतिशत विरामी भारतबाट आउने गरेका छन् । केन्द्रले दाताको सहयोगमा भवन निर्माण लगायतका संरचना बनाएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा भीनपा १८ का अध्यक्ष देवकोटाले ज्येष्ठ नागरिक समाजका लागि इतिहास भएको उल्लेख गर्दै स्वास्थ्य लगायतका सुरक्षामा वडा कार्यालय सक्दो सहयोग गर्ने बताए ।

‘ज्येष्ठ नागरिक यो समाजका लागि ज्ञान, उपदेश अर्ती र सिकाईका लागि इतिहास नै हो, वहाँहरुको ज्ञानबाट हामी परिस्कृत समाज बनाउन सक्छौ’ उनले भने,‘त्यसका लागि वहाँहरुको ज्ञान सीपको संरक्षण गरी स्वास्थ्य सुरक्षा लगायतका सबै हक अधिकारका लागि वडा कार्यालय सधैं प्रतिवद्ध छ ।’

भीमदत्त नगरपालिका १८ मा सबैभन्दा बढी तीन हजार हाराहारीमा ज्येष्ठ नागरिक छन् । शिविरबाट पाँच सय भन्दा बढीले लाभ लिने अपेक्षा गरिएको वडा अध्यक्ष देवकोटाले बताए ।

शिविरिमा आँखा जाँच गरिएका ज्येष्ठ नागरिकलाई चश्मा वितरण र उपचार समेत गरिनेछ । आँखा केन्द्रका नेत्र अधिकृत डा. बीर सिह धामीले आँखा जाँचपछि उपचार गर्नु पर्ने सबैको उपचार गरिने बताए ।

भीनपा १८ नम्बर वडा कार्यालयल नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविर अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...