ghar sansar

जसपा अध्यक्ष यादव धनगढीमा, भन्छन्–देशलाई प्रतिगमनतिर लैजाने प्रयास हुँदै छन्

little buddha academy
khasi

महेन्द्रनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिले पनि देशलाई प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका छन् ।

आइतबार जसपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले अहिले लोकतन्त्र, गणतन्त्र र संघीयता विरुद्ध केही पार्टी र मान्छेहरू सलबलाएको भन्दै देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको बताएका हुन् ।

यस्तै उनले विगतका विभिन्न आन्दोलन, विद्रोह, जनआन्दोलन, थारू आन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्नुपर्ने पनि बताए।त्यसका लागि उनले अहिले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार संघीय कानुनको अभावले कार्यान्वयन हुन नसकेको र त्यो कार्यान्वयन गर्न सरकारले लाग्नुपर्ने जनाए ।

dirghayi clinic

संघीयता विरुद्ध आवज उठिरहेको वेला अब सरकारले आवश्यक कानुन बनाएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने उनको दाबी छ। त्यस्तै उनले अहिले जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच समाजवादी मोर्चा बन्ने र बनाउनेबारे छलफल चलिरहेको बताए ।

उनले भने, ‘एकताको विषयमा मूल गाठो कम्युनिष्ट पार्टी जसपा बन्न सक्दैन भन्ने नै हो। अहिले पनि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा बनाउने कुरामा तयारी भइरहेको छ ।’

यस्तै अर्को सन्दर्भमा उनले टीकापुर घटनामा दोषी प्रमाणित भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीलाई रिहा गर्नुपर्ने र उनी केही महिनाभित्र रिहा हुने तथा सर्वोच्च अदालतले उनलाई रिहा गर्ने दाबी गरे ।

आर्थिक क्रान्ति आवश्यक, उपचुनावबारे अनिर्णीत अध्यक्ष यादवले अब अहिले मुलुकका आर्थिक कारोबारका क्षेत्रहरू धराशायी बनिरहेको अवस्थामा आर्थिक क्रान्ति एकदमै आवश्यक रहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...