एकीकृत सरकारी कर्मचारी संगठन र पेशागत महासंघमा कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यलाई बधाई
महेन्द्रागर । पेशागत महासंघ नेपाल कञ्चनपुरले एकीकृत सरकारी कर्मचारी संगठन नेपाल केन्द्रीय कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीमा कञ्चनपुर जिल्लामा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।
पेशागत महासंघ कञ्चनपुरको शनिबार बसेको बैठकले उनीहरु सबैलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । महासंघका जिल्ला अध्यक्ष देव दत्त जोशीको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एबम् कञ्चनपुर जिल्ला ईन्चार्ज लाल बहादुर खड्का प्रमुख अतिथि थिए ।
पेशागत महासंघ सुुदूरपश्चिम प्रदेश कमिटीको फागुन २० गते धनगढीमा सम्पन्न अधिवेशनबाट डा. कविन्द्र चन्दको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको थियो । समितिमा महेश दत्त भट्ट महासचिव र सदस्यमा गोविन्द सिह विष्ट, मिना नेगी कुँबर र पदमराज भट्ट सदस्य भएका छन् ।
काठमाडौंमा फागुन अन्तिम साता सम्पन्न कर्मचारी संगठनको सातौ अधिवेशनमा केन्द्रीय समिति चयन गरिएको थियो । समितिमा शेर सिह भण्डारी उपाध्यक्ष, केन्द्रीय सदस्यमा केशवदत्त बडु र लिलावति भाट चयन भएका छन् ।