ghar sansar

चुरे दोहन रोक्न माग गर्दै भीमदत्तको उत्तरी क्षेत्रका वासिन्दाले गुहारे समन्वय समिति

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका उत्तरी क्षेत्रका वासिन्दा चुरे दोहन रोक्न माग गर्दै जिल्ला समितिका समितिका प्रमुख दुर्गादत्त बोहरालाई गुहारेका छन् । उनीहरुले समन्वय प्रमुख बोहरालाई भेटेर चुरेमा अवैध उत्खनन तीव्र भएकाले छिटो रोक्न माग गरेका छन् ।

चुरे क्षेत्रमा पर्ने रौटेला, खन्यखोला, कामिकाटे सहितका नदी खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन भएर चुरे दोहन भएपछि स्थानीय रोकथामका लागि अग्रसर देखिएका छन् ।

,orning glory badhai

चुरे सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले दिर्घकालिन रुपमा रुपमा चुरे बिनास गर्ने गरी भईरहेको खोला नदीको अनियनिन्त्रत दोहन रोक्नुपर्ने बताए ।

dirghayi clinic

अध्यक्ष कुँवरले उक्त क्षेत्रका नदीखोलाको बिना टेण्डर धमाधम पालिकाले समेत संकलन गरिरहेको र अन्य निजी क्षेत्रबाट समेत मापदण्ड विपरित उत्ख्नन भईरहेको विषयमा जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहरालाई जानकारी गराइको बताए ।

‘हामीले भीमदत्त नगरपालिका क्षेत्र चुरेका नदीखोलाको दोहन रोक्न जिसस प्रमुख ज्यूलाई डेलिगेशन नै बुझाएका थियौँ, ‘उनले भने, ‘तर रोकिएन, सबैतिर मिलोमतो छ, के कसरी रोकिन्छ ।’ आइतबार डिभिजन वन कार्यालय कञ्चनपुरले चुरे क्षेत्रका खोला नदी दोहन रोकेको थियो, तर फेरीपनि दोहन रोकिएको छैन ।

भीमदत्त नगरपालिकाले मापदण्ड बिरुद्धमा उत्ख्नन भए रोक्ने जनाएको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले ठेक्का नलागेको उक्त नदीखोला क्षेत्रमा मापदण्ड बिरुद्धमा दोहन भए अनुगमन गरेर रोकिने बताए ।

‘त्यहाँबाट पालिकाले पनि उठाईरहेको छ, ‘उनले भने, ‘यदी कसैलाई बदमासी भए कार्बाही गछौँ ।’

Himal dental
सम्बन्धित
Loading...