ghar sansar

चर्चामा प्रकाश कलौनीको ‘मेरा बाबा’

khasi

प्रकाश भट्ट
महृेन्द्रनगर । प्रकाश कलौनीको नयाँ गीत ’मेरा बाबा’ को म्युजिक भिडियोले चर्चा बटुल्दै आएको छ । चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतमा प्रकाश कलौनीको लय÷शब्द रहेको छ ।

गीत युट्युबमा सार्वजनिक भएको तीन महिनामामै १ लाख १ हजार दर्शकले हेरिसकेका छन् । काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले निर्माण गरेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा लाई गीत मार्फत व्यक्त गर्न खोजेका छन् ।

dirghayi clinic

कलौनीले गीतलाई अझै दर्शकको माया मिलीराख्ने विश्वास व्यक्त गरेका छन् । उनले भने ’पछिल्लो समय मेरा सम्पूर्ण गीतहरूलाई दर्शकले धेरै मन पराएका छन्, यो गीतले पनि अझै दर्शक कमाउने मैले पूर्ण विश्वास गरेको छु ।’

कलौनीले हाल सम्म ‘गाडी गुडी स्वराडमा, सर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत रचना गरी अपलोड गरी सकेका छन् ।

वेदकोट नगरपालिका वडा नम्बर ०९ लालपुर निवासी कलौनी संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरू समेत आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृति बारे ज्ञान दिँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...