ghar sansar

विष्णु पौडेलले दिए भीम रावललाई चेतवानी, भने –पार्टी विरुद्ध जाने कुरा स्वीकार्य हुन्न

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार धनगढीमा पत्रकारहरुसित भेटघाट गर्दै भीम रावल आफू विरुद्ध तोप पड्काउन लागेको आरोप लगाएका छन् ।

‘उहाँ (रावल) ले अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ,’ डोटीमा आयोजित ग्रासरुट कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो । ’

,orning glory badhai

सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने‚ ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसँग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन्।’ अछाम जानका लागि रावललाई जानकारी दिन आवश्यक नरहेको उनको भनाई थियो ।

dirghayi clinic

पौडेलले नेता रावल लगातार पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाए । रावलले गम्भीर गल्ती गरेकोमा पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीले संसदमा रोष्ट्रम घेराउ गर्ने निर्णय गर्छ, उहाँ आफ्नो कुर्चीमा बसिराख्नु हुन्छ, पार्टीले ह्विप जारी गर्छ, उहाँ उल्लंघन गर्नुहुन्छ’, पौडेलले थपे, ‘पार्टीले जे निर्णय ग¥यो त्यसका विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँड्नु हुन्छ ।’

उनले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रावलले पार्टीका उम्मेदवारका लागि भोट नमागेको आरोप समेत लगाए । पार्टीको १०औं महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिएको तर उनले अध्यक्षमै चुनाव लड्ने भनेपछि चुनाव भएको पौडेलले बताए ।

‘चुनाव लड्नुभयो, कार्यकर्ताले विश्वास गरेनन्, उहाँ हार्नुभयो’, पौडेलले भने, ‘त्यसपछि उहाँलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको थियो तर उहाँले त्यो जिम्मेवारी स्वीकार्नु भएन ।’

पार्टीको निर्देशन मान्नु सबै सदस्यहरुको कर्तव्य भएको भन्दै पौडेलले अब रावलसँग दुई विकल्प बाँकी रहेको बताए। उनले भने, ‘कि त उहाँले आफ्ना गल्तीहरु स्वीकारेर अब पार्टीले दिएको जिम्मेवारी लिने प्रतिबद्धता सहित सच्चिएर आउन पर्छ, होइन भने पार्टीभित्र बसेर पार्टीविरुद्ध जाने कुरा स्वीकार्य हुन्न ।’

Himal dental
सम्बन्धित
Loading...