–हरिराज विष्ट
प्रधानाध्यापक
५७ वर्ष अघि वि.स. २०२३ मंसिर ०२ गतेका यस क्षेत्रका तत्कालीन समाजसेवी श्री जोगराम डगौराज्यू र संस्थापक प्रधानाध्यापक स्व. श्रीधर पन्त ज्यूको सक्रिय योगदानबाट घुसुडी बजार हालको भीमदत्त न.पा. वडा नं. ४ को क्याम्पस रोडमा १ जना विद्यार्थीलाई अध्यापन गराई यस बैजनाथ माध्यमिक विद्यालय स्थापना भएको इतिहास छ । शुरुवाती अवस्थामा कक्षा ६ देखि सञ्चालित भएको यस विद्यालयमा राष्ट्रिय शिक्षा पद्दतीको योजना २०२८ पश्चात् वि.स. २०२९ सालबाट कक्षा ४ देखि कक्षा १० सम्म व्यावसायिक मा.वि. का रुपमा संचालित यो विद्यालय शै.स. २०३३÷०३४ मा नमूना मा.वि. को रुपमा रहेको पाइन्छ । २०५५ सालमा उ.मा.वि., २०६३ मा पूर्व प्रा.वि. देखि उ.मा.वि., २०६४ सालमा जिल्लाकै प्रथम नमूना उ.मा.वि. र २०७० सालमा प्राविधिक धारतर्फ कक्षा ९ र १० मा बाली विज्ञान (Plant Science) , २०७२ सालमा Isc. Ag तर्फ डिप्लोमा तह वाली विज्ञान (Plant Science), २०७६ सालमा Isc. Ag तर्फ डिप्लोमा तह पशु विज्ञान (Animal Science) र यसै शै.स. २०७९ देखि डिप्लोमा तह Civil Engineering कार्यक्रम संचालनमा रहेको छ ।
विद्यालयको सामाजिक दायित्व अन्तर्गत CTEVT सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोगमा विद्यालय सेवा क्षेत्रका अभिभावकहरुलाई निःशुल्क रुपमा छोटो अवधिको तालिमहरु (बेमौसमी तरकारी उत्पादक र कुखुरापालन) दिई उनिहरुलाई स्वरोजगार तर्फ उन्मुख गर्ने कार्य समेत अध्ययन अध्यापन संगै भइरहेको व्यहोरा अनुरोध छ ।
विद्यालयको वर्तमान अवस्था
(१) भौतिक अवस्था
जग्गाको क्षेत्रफल : १३–१७–६.५ बिगाहा एकलौटी
क्र.सं. विवरण भवन सङ्ख्या कोठा सङ्ख्या कैफियत
ल्याव भवन
विद्यालय भवन ण्ट छट
शौचालय ण्छ ज्ञद्ध
कार्यशाला भवन ण्द्ध ज्ञण्
शिक्षक÷प्र.अ. निवास
चमेना गृह
(२) शैक्षिक अवस्था
(क) विद्यालयमा संचालित शैक्षिक कार्यक्रमहरु
– वालविकास देखि कक्षा १२ सम्म साधारण धार
– कक्षा ९ – १० प्राविधिक धार
– कक्षा ११ र १२ विज्ञान , वाणिज्य र मानविकी
– डिप्लोमा तह : कृषि बाली विज्ञान , पशु विज्ञान र सिभिल इन्जिनियरिङ्ग
(ख) विद्यालयमा हाल विद्यमान जनशक्ति विवरण
– वालविकास शिक्षक ०३ जना
– आधारभूत तह ०७ जना
–माध्यमिक तह साधारण धार ०९ जना
– माध्यमिक तह प्राविधिक धार ०९ जना
– माध्यमिक तह करार ०५ जना
– माध्यमिक तह आंशिक÷ करार ०६ जना
– विद्यालय कर्मचारी ०८ जना
जम्मा ४७ जना
(३) व्यवस्थापकीय पक्ष
क) विद्यालय व्यवस्थापन समिति (गठन मिति २०७८।१२।१४ गते)
क्र.सं. नाम÷थर ठेगाना पद कैफियत
१ श्री अच्युतराज कलौनी भीमदत्त न.पा.१८, कञ्चनपुर अध्यक्ष
२ श्री भोजराज जोशी भीमदत्त न.पा.१४, कञ्चनपुर सदस्य
३ श्री लाली चन्द भीमदत्त न.पा.६, कञ्चनपुर सदस्य
४ श्री तारादेवी जोशी भीमदत्त न.पा.१४, कञ्चनपुर सदस्य
५ श्री दुर्गा सोती भीमदत्त न.पा.०२, कञ्चनपुर सदस्य
६ श्री पुष्पा जैरु भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य
७ श्री बिवेकराज जोशी भीमदत्त न.पा.०४, कञ्चनपुर सदस्य वार्ड सदस्य
८ श्री निर्मला जोशी भीमदत्त न.पा.०४, कञ्चनपुर सदस्य शिक्षक प्रतिनिधी
९ श्री हरिराज विष्ट भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य– सचिव प्रधानाध्यापक
ख) शिक्षक अभिभावक संघ एत्ब् (गठन मिति २०७८।१२।१४ गते)
क्र.सं. नाम÷थर ठेगाना पद कैफियत
१ श्री सुरक्षा खड्का कुवर भीमदत्त न.पा.०६, कञ्चनपुर अध्यक्ष
२ श्री सुस्मिता चौधरी भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य
३ श्री गोरख नाथ भीमदत्त न.पा.४, कञ्चनपुर सदस्य
४ श्री हेमराज भट्ट भीमदत्त न.पा.४, कञ्चनपुर सदस्य
५ श्री पार्वती चुनारा भीमदत्त न.पा.०४, कञ्चनपुर सदस्य
६ श्री कृष्णा चौधरी भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य
७ श्री अच्युतराज कलौनी भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य वि.व्य.स.अध्यक्ष
८ श्री हरिराज विष्ट भीमदत्त न.पा.१८, कञ्चनपुर सदस्य प्रधानाध्यापक
९ श्री कृष्णानन्द भट्ट भीमदत्त न.पा.०४, कञ्चनपुर सदस्य शिक्षक
(५) गत आ.ब. र चालू आ.ब. मा हाल सम्म सम्पादित कार्यहरु
–भिमदत्त नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयको उत्तर र पश्चिम सिमानामा २७० मिटर पर्खाल र दक्षिण तर्फको प्रवेशद्धार निर्माण
– भिमदत्त नगरपालिकाको १८,००,०००।०० अनुदान र विद्यालयको थप रु. ४,००,०००।०० गरि जम्मा रु. २२,००,०००।०० मा Wash सहित को सुविधा सम्पन्न २ कोठे भवन निर्माण
–CTEVT प्रदेश कार्यालयको अनुदान सहयोगमा Plant तथा Vet. को रु. १२,००,०००।०० बराबर को प्रयोशाला तथा शैक्षिक सामग्री (Projector) व्यवस्थापन
–जिर्ण अवस्थामा रहेको विद्यालयको छात्राबास भवनमा रंगरोगन एंव मर्मत संभार गरी आधारभुत तह र भेटनरी क्लिनिक संचालन
– कृषि तर्फ प्राविधिक धारको कृषि प्रयोगका लागि मसरुम हाउस निर्माण
– सिकाई स्तरमा बृद्धि गर्न प्रत्येक बर्ष साधारण धार एवं कृषि प्राविधिक धार तर्फका विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण को व्यवस्था
– विद्यालयको आन्तरिक श्रोतबाट २०÷२० थान बेञ्च डेस्क तथा सिभिल इन्जिनियरिङ्ग को लागि २४ थान ड्रइङ्ग टेबुल निर्माण
– मल्टिीमिडिया (-Projector) बाट कक्षा संचालन गर्ने व्यवस्था
–CCTV क्यामेरा जडान
– Enternet को सुविधा
– पशु विज्ञान तर्फ प्रयोगात्मक कार्यका लागि Animal Shed , कान्जी हाउस, Trevis तथा Cannel निर्माण
– सवारी साधनको उचित व्यवस्थापनका गर्न व्यवस्थित पार्किङ्ग को अवधारणा अनुरुप साइकल मोटरसाइकल स्टेण्ड निर्माण
–भुमिगत सिंचाइ आयोजना को सहयोगमा सिंचाइ व्यवस्थाको लागि डिप टयूवेल निर्माण ।
– खानेपानीको उचित प्रबन्धका लागि ल्ल्क्ध्ब् संग को लागत सहभागिता अनुदान बाट बालमैत्री शुद्द खानेपानी टंकी निर्माण
– फुटबल र क्रिकेटका लागि उपयुक्त खेलमैदान र त् त् बोर्ड निर्माण
– प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजना, धानजोन कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा पढदै कमाउदै कार्यक्रम अन्तर्गत कृषि प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक कार्य संगै व्यावसायिक रुपमा तरकारी खेती र माछापालन व्यवसाय संचालन ।
– नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुसार बालविकास देखि कक्षा ६ सम्म विद्यालयमै हाइजेनिक दिवाखाजाको व्यवस्था
– विद्यालय श्रोतबाट व्यर्होने गरि ४ कोठे भवनको माथि दोस्रो तला थप्ने कार्य दु्रतगतिमा बढि रहेको
– यस विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा विद्यालयको पुर्व तर्फ सरस्वती मन्दिर निर्माण को कार्य भइरहेको
–सिकाई कृयाकलापमा अभिवृद्धि गर्नका लागि नियमित रुपमा अन्तक्रिया, शैक्षिक भ्रमण, अभिभावकहरु संग छलफल तथा भेटघाट, गोष्ठी तथा सेमिनारहरु संगै घरदैलो कार्यक्रम
– यस विद्यालयको पुर्वी गेट तर्फबाट अव्यवस्थित आवतजावत हुने भएकोले सो को उचित व्यवस्थापनका लागि तथा गेट , टेवा पर्खाल संगै विद्यालयमै सर्वसुलभ खाजा नास्ता तथा चियापानको लागि चमेना गृह निमार्ण
– शिक्षक तथा कर्मचारीहरुको पेशागत बृत्ति विकास एवं कार्यप्रति अभिरुचीका लागि शिक्षक, कर्मचारीहरुलाई पुरस्कारको उचित व्यवस्था
– सिकाई तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन
भावी योजना
विद्यालय समदायका लागि र समुदायको सहयोग विद्यालयका लागि भन्ने आर्दश वाक्यलाई आत्मसात गरि कञ्चनपुरको शैक्षिक इतिहासमा चिरपरिचित यस संस्थाको सम्रग पक्षको विकास गरि विद्यालय प्रति समुदायको बिश्वास , सम्बन्ध मजबुत बनाइ राख्न अघि बढाइएका कार्यक्रमहरु निम्न अनुसार रहेको व्यहोरा अनुरोध गर्दछु ।
– विद्यालय सुधार योजना , भि.न.पा. शिक्षा युवा तथा खेलकूद शाखाबाट प्रकासित हुने शैक्षिक क्यालेण्डर समेतका आधारमा बार्षिक कार्ययोजना निर्माण गरी निम्न अनुसारका कार्यक्रमहरु कार्यान्वयन गरीने ।
– विद्यार्थीहरुको मासिक सिकाई समिक्षा शिक्षक कर्मचारी स्टाफ बैठकमा गरी तत्काल सुधारका प्रयासहरु थालिने
– शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय कर्मचारीहरुको क्षमता विकासमा जोड दिइने
– आगामी शै.स. २०८० बाट विद्यालयमा अंग्रेजी माध्यम बाट पठनपाठनको व्यवस्था गर्ने
– साप्ताहिक रुपमा ब्यक्तित्व विकासका लागि सह कृयाकलाप संचालन
– विद्यार्थीहरुको सिकाइ सम्बन्धमा अभिभावक संग अन्तकृया कार्यक्रम संचालन
– विद्यालयको विकासमा योगदान पुर्याउने अभिभावक, शिक्षा प्रेमी, समाजसेवी, पुर्व शिक्षक, विद्यार्थी हरुलाई सम्मान गरि विद्यालयको सामाजिक दायित्व निर्वाह गर्ने
– पढदै कमाउदै कार्यक्रमलाइ योजनाबद्ध रुपमा कार्यान्वयनका लागि आवश्यक पूर्वाधारहरु माछापोखरी व्यवस्थापन , कुखुरा खोर निर्माण , हाइटेक पोलीहाउस निर्माण गर्ने
– प्रयोगात्मक कार्यका लागि ल्याब निर्माण एवं व्यवस्थापनका गर्ने
– स्वास्थ्यका लागि खेलकद राष्टका लागि खेलकद भन्ने आदर्श वाक्यलाई मध्यनजर
गरि बालवालिकाहरुको खेल विकासका लागि आवश्यक खेल सामग्रीको व्यवस्था र
खेलमैदानको स्तरोन्नती गर्ने
– यस विद्यालयको दीगो बिकासका लागि निर्माण गरिएको गुरुयोजना (Master- Plan) अनुसार विद्यालयको दक्षिण तर्फ क्षेत्रमा सुविधा सम्पन्न व्यापारिक भवन (-Business Complex) निर्माण गर्ने कार्य अघि बढाउने ।
– यस विद्यालयलाई कृषि नमूना विद्यालय बनाउने उद्देश्य अनुसार विद्यालयमा अव्यवस्थित रुपमा रहेका रुख कटानी गरी व्यवसायिक आँप, लिचि, कागती, डे«गन फु्रट, अनार, अंगुर, मेवा र पुष्प खेती को लागि जग्गा व्यवस्थापन गर्ने
– बालबालिकाहरुको चौतर्फि विकासका लागि बाल उद्यान निर्माण गरि विद्यालयमा बालमैत्री वातावरण सृजना गर्ने
– प्राविधिक शिक्षा तर्फ प्रि डिप्लोमा र डिप्लोमा तहका सिभिल इन्जिनियरिङ्ग, जियोमेटिक्स इन्जिनियरिङ्ग , Information Technology कार्यक्रमहरु संचालन गरि विद्यालयलाई प्राविधिक शिक्षाको हब बनाइने
अन्तमाः
शिक्षा क्षेत्रमा विगत लामो इतिहास बोकेको यस विद्यालयले देशकै नमुना जनशक्ति (Model Manpower ) को उत्पादन गरेकोमा दुइमत छैन । वर्तमान सरकारको शिक्षा नीतिलाई अवलम्बन गर्दै भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादनका लागि निरन्तर कृयाशील रहने प्रतिवद्धता व्यक्त गर्दै ५७ औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोहमा पाल्नु भएका प्रमुख अतिथि ज्यु, विशिष्ट अतिथि ज्युहरु, पत्रकार, नागरिक समाज, अभिभावक, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्था एंव विद्यालयहरुका प्रमुख एवं प्रतिनिधि ज्यूहरु प्रति उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्दै विदा हुन्छु ।
धन्यवाद ।