ghar sansar

महेन्द्रनगर पुगेका एमाले उपाध्यक्ष पौडेल प्रशिक्षण कार्यक्रममा सहभागी

महेन्द्रनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल महेन्द्रनगर पुगेका छन् । उनी एमालको मिसन ग्रास रुट अन्र्तगत कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजना गरिएको जिल्ला स्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रम सहभागी भएका छन् ।

daimond public

उनीसंगै एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेता पनि कार्यक्रममा सहभागी भएका छन् ।

lotus institite

मिसन ग्रास रुटका लागि उनी केही दिनदेखि सुदूरपश्चिममा छन् । अछामको साँफेबगरमा नेता भीम रावल विरुद्ध अभिव्यक्ति दिएपछि नेता कार्यकर्ताले उनी विरुद्ध नाराबाजी गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...