ghar sansar

अन्तर विरोधले कञ्चनपुरमा चुनाव हारिएको पौडेलको खुलासा, भन्छन्– नत्र कसैले नि चुनाव हराउन सक्दैन

महेन्द्रनगर । एमाले उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा अन्तर विरोधले चुनाव हारिएको बताएका छन् । एमालेको मिसन ग्रास रुटको जिल्ला स्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई कसैले पनि चुनाव हराउन नसक्ने दावी गरे ।

‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनाव हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ,’ उनले भने, ‘कञ्चनपुरमा अन्तविरोधले चुनाव हारिएको हो, यसलाई समयमै व्यवस्थापन गर्नु पर्छ ।’

पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उनले बताए । ‘पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न सक्दैन, पार्टी बनाउने हो भने गुट भत्काउनु पर्छ,’ उनले भने, ‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ ।’

ग्रासरुट अभियान अन्तर्गत नेता कार्यकर्तालाई दिएको जिम्मेवारी अनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्ने उनको भनाई थियो । सुखी नेपाली, समृद्ध नेपालका लागि देशलाई आफ्नो नीति अनुसार अगाडि बढाउनका लागि नेकपा एमाले बलियो हुनु आवश्यक रहेको नेता पौडेलले बताए ।

उनले अहिलेको सत्तारुढ गठबन्धन लामो समय नजाने टिप्पणी समेत गरे ।

Himal dental
सम्बन्धित
Loading...