ghar sansar

अन्तर विरोधले कञ्चनपुरमा चुनाव हारिएको पौडेलको खुलासा, भन्छन्– नत्र कसैले नि चुनाव हराउन सक्दैन

khasi

महेन्द्रनगर । एमाले उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा अन्तर विरोधले चुनाव हारिएको बताएका छन् । एमालेको मिसन ग्रास रुटको जिल्ला स्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई कसैले पनि चुनाव हराउन नसक्ने दावी गरे ।

‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनाव हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ,’ उनले भने, ‘कञ्चनपुरमा अन्तविरोधले चुनाव हारिएको हो, यसलाई समयमै व्यवस्थापन गर्नु पर्छ ।’

Anant bahu travels
dirghayi clinic

पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उनले बताए । ‘पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न सक्दैन, पार्टी बनाउने हो भने गुट भत्काउनु पर्छ,’ उनले भने, ‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ ।’

ग्रासरुट अभियान अन्तर्गत नेता कार्यकर्तालाई दिएको जिम्मेवारी अनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्ने उनको भनाई थियो । सुखी नेपाली, समृद्ध नेपालका लागि देशलाई आफ्नो नीति अनुसार अगाडि बढाउनका लागि नेकपा एमाले बलियो हुनु आवश्यक रहेको नेता पौडेलले बताए ।

उनले अहिलेको सत्तारुढ गठबन्धन लामो समय नजाने टिप्पणी समेत गरे ।

Himal dental
सम्बन्धित
Loading...