ghar sansar

महेन्द्रनगरमा भीम रावलबारे मौन बसेका एमाले उपाध्यक्ष पौडेलले धनगढी पुगेर लगाए गम्भीर आरोप, भने– पार्टी कमजोर बनाउने गतिविधि गरे

महेन्द्रनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् । रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ ।

कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नु पर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’

lotus institite
daimond public

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ ।

उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनु हुन्छ । यहाँले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ ।’

बिहीबार महेन्द्रनगरमा एमालेको मिसन ग्रास रुट कार्यक्रममा भने उनी रावल विरुद्ध मौन बसेका थिए । उनी बिहीबार साँझ धनगढी गएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...