
महेन्द्रनगर । शुक्लापाँटा नगरपालिकाको झलारीबट लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छन् ।
शुक्लाफाटा नगरपालिका–१० का १८ बर्षका ओमप्रकाश ओलि र १७ बर्षका राजु बोहोरालाई ०.५४०ग्राम लागुओषध खैरो हिरोईनसहित पक्राउ गरिइएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ।
